एजेन्सी- सोमबार राति फेसबुकसहितका साइट बन्द हुँदा फेसबुकका सिइओ मार्क जुकरबर्गले ६ अर्ब भन्दा बढी अमेरिकी डलर गुमाएका छन् ।
संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जालमा समस्या आएको थियो।साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका हुन् ।
फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले लगभग छ घन्टा काम गर्न छोडेका थिए।झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइटरएपले काम गर्न थालेको जनाएको छ।
ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ। सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ।
ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।
यसअघि सेप्टेम्बर १३ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले फेसबुकको प्रणालीमा समस्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो।
Leave a Reply