हिउँदे वर्षा र हिमपात

 ग्लोबल टिभि      सोमवार, पुस २०, २०७७      0

पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशभर मौसम बदलिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने काठमाडौंलगायत अधिकांश ठाउँमा हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो पनि वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा आइतबार साँझ नै पानी पर्न थालेको थियो।

आउने २४ घन्टामा देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।

’बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले बुधबारदेखि मात्रै मौसममा सुधार हुने जानकारी दिए।

’शनिबारदेखिको मौसम प्रभावित भएको थियो। त्यसैका कारण आज काठमाडौंमा पानी परेको हो। भोलि पनि यस्तै हुन्छ,’ शाक्यले भने,‘बुधबारदेखि सुधार हुँदै जान्छ।’

उता हिउँदे वर्षाका कारण भारतको राजधानी नयाँदिल्लीको जनजीवन पनि प्रभावित भएको छ। दिल्लीमा शनिबार र आइतबार ३९.९ मिलिमिटर वर्षा भएको छ। दिल्लीमा यसअघि जनवरीमा औसत २१.७ मिलिमिटर वर्षा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतको मौसम विभागले पानी पर्ने क्रम मंगलबारसम्म रहने बताएको छ।

मौसमविद् शाक्यले नेपालमा भने दिल्लीको जस्तो भारी वर्षाको सम्भावना नरहेको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *