सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

 ग्लोबल टिभि      सोमवार, पुस २०, २०७७      0

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए ।

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो ।

भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *