ग्लोबल टिभि
0
आज देशभरको मौसम बदली भएर हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको मौसममा हिजैदेखि खराबी देखिएको छ ।
बिजो बिहान हल्का वर्षा भएर धुम्मिएको काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन् ।
रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको हो । राति अबेरसम्म पनि मौसममा सुधार भने भएन । आज बिहानैदेखि उस्तै तुवालोले काठमाडौंलाई ढाकेको छ । बिहीबारबाट मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
मंगलबार सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र प्रदेश १ मा एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत छ ।
Post Views: 1,310
Leave a Reply