उपत्यकाको वायु प्रदूषणले खतराको तह पार गर्‍यो

 ग्लोबल टिभि      मङ्लबार, पुस २१, २०७७      0

काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ । सरकारले आवश्यक नपरी बाहिर ननिस्कन आग्रह गरेको छ ।

केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान पहिलो हिउँदे वर्षा भएको थियो । तर यसले आकाश खुलाउन सकेको छैन ।

मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन । हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ ।

दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन । न्यूनतम तापक्रम अझ पहिलाभन्दा बढेको छ । तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको विज्ञहरुले जनाएका छन् ।

सोमबार काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो । सोमबार एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो ।

एक्वुआई ५० सम्म हुनु राम्रो, ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिन्छ ।

२०० सम्म पुगे सबैका लागि अस्वस्थ हुने र ३०० पुग्नु भनेको जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ ।यसभन्दा माथि जानु चाहिँ घातक हुुने उनिहरुको भनाइ छ ।

यसरी उपत्यकाको वायु प्रदुषण घातक स्थितिमा पुगेको पाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव बुधबारसम्मै रहने बताएको छ ।

काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *