विराटनगरमा वायु प्रदूषण उच्च ,घर बाहिर ननिस्कन आग्रह

 ग्लोबल टिभि           0

केहीदिन अघि काठमाडौंमा देखिएको उच्च वायु प्रदूषणको समस्या प्रदेश १ को राजधानी विराटनगरमा पनि देखापरेको छ।

वायु प्रदूषणको स्तर उच्च देखिएपछि विराटनगर महानगरले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

महानगरले प्रदूषण उच्च तहमा पुगेको भन्दै महानगरले मर्निङ वाक नगर्न भनेको छ। महानगरका अनुसार हावाको गुणस्तर इ ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ। तर, विराटनगरको हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ।

विराटनगर क्षेत्रमा अपरान्हको समयमा प्रदूषण झनै बढ्ने सम्भावना औल्याउँदै महानगरले सावधानी अपनाउन आग्रह गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *