आजको मौसम देशभर आंशिक देखि सामान्य बदली रहने

 ग्लोवल टि.भी.      बिहिबार, पुस २९, २०७८      0

हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू(भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ भने शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै शनिबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *