उच्च हिमाली क्षेत्रमा हिमपात,तापक्रम माइनस डिग्रीमा

 ग्लोबल टिभि      शुक्रबार, माघ २३, २०७७      0

मौसममा आएको बदलीसँगै कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्लासहित उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात सुरु भएको हो ।

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात सुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *