ग्लोबल टिभि
0
जेठ १५– गृहमन्त्री बालकृष्ण खाँणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।
आइतबार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १०:०७ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो ।
Post Views: 921
Leave a Reply