मुस्ताङका लागि उडेको समिटको जहाज पोखरा विमानस्थलमै आपतकालीन अवतरण

 ग्लोवल टि.भी.      आइतवार, भदौ १९, २०७९      0

भदौ १९ –पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ ।

पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो ।

१८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

‘इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेका छन्’ सुवेदीले भने, ‘समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ला ।’

सामान्य अवस्थामै जहाज अवतरण भएको सुवेदीले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.