पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २२, २०७७      0

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि देशभर मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार प्रदेश १, वागमती, तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, वागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज काठमाडौंमा दिउंसो सामान्यतया मौसम सफा रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ९ डिग्री सेल्सियस छ भने दिउँसोको अधिकतम् तापक्रम २४ देखि २६ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *