ग्लोबल टिभि
सोमवार, चैत्र ९, २०७७
0
काठमाडौँ । अहिले प्रि–मनसुनको समय चलिरहेको छ । यो समयमा हावाहुरी चल्ने, मेघगर्जन सहित पानी पर्ने संभावना बढी हुन्छ । प्रि–मनसुनकै कारण अजा पनि देशका विभिन्न स्थानमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
हाल देशका पहाडी भू– भागमा आंशिक बदली रही अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ ।
आज अपराह्नपछि गण्डकी प्रदेश,कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन- चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
मंगलबार र बुधबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
Post Views: 1,731
Leave a Reply