शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

 ग्लोबल टिभि      सोमवार, चैत्र १६, २०७७      0

सरकारले शुक्रबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय वायु प्रदूषण बढ्दै गएको र यसका कारण कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
अहिले देखिएको वायु प्रदूषण लामो समयको खडेरी, मुलुकका बिभिन्न स्थानमा लागेको डढेलो र हावाहुरी नचल्नुले बढेको हो ।

केही दिन वर्षा हुने र हावाहुरी नआउने संभावना रहेकोले प्रदूषित तुवाँलो पनि केही दिनसम्म नहट्ने मौषमविद्ले बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *