आज पहाडी भू–भागमा हल्का वर्षाको संभावना

 ग्लोबल टिभि      शुक्रबार, चैत्र २०, २०७७      0

काठमाडौँ । आज देशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा स्थानीय वायुको प्रभावले शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ ।

यसबाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशको पहाडी भू – भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *