एपिएफलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

 ग्लोबल टिभि      बुधबार, चैत्र २५, २०७७      0

डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ आबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न महिला तर्फको खेलमा न्यु डायमन्डले चिरपरिचित प्रतिद्वन्द्वि एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो । पहिलो संस्करणको एनभिएकपको उपाधी जितेको न्यु डायमन्ड दोस्रो पटक एनभिएको फाइनलमा प्रवेश गरेको हो । पराजित एपिएफ पहिलो पटक एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा पुग्नु अघि नै बाहिरिएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा न्यु डायमन्डले एपिएफमाथि २५–२१, २६–२१, २५–१४ र २५–२१ को जित निकाल्दै आर्मीमाथि रोमाञ्चक जित निकाली पुलिससँगको भेट पक्का गरेको हो ।

पुलिसले त्रिभुवन आर्मी क्लबलाई २६–२४, २५–१७ र २८–२६ को सेटमा हराएको थियो । फाइनल प्रवेश गरेका टोलीद्वय पुलिस र न्यु डायमन्डले लिग चरणको खेलमा प्रतिस्पर्धा गर्दा पुलिसले डायमन्डलाई नतिजा सुम्पिएको थियो । फाइनल खेल बिहीबार हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *