आइपीएलमा पञ्जाबको रोमान्चक जित

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ३१, २०७७      0

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पन्जाब किंग्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ ।

सोमबार राति सम्पन्न खेलमा पञ्जाबले राजस्थान विरुद्ध ४ रनको रोमान्चक जीत निकालेको हो ।

जितको लागि २ सय २२ रनको विशाल विजयी लक्ष्य पछ्याएको राजस्थान रोयल्सले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो ।

राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेले । दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको विष्फोटक इनिङ खेले ।

 

अब राजस्थानले आफ्नो दोस्रो खेल बिहीबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । पन्जाबले शुक्रबार हुने अर्को खेलमा चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।

राजस्थानलाई अन्तिम ओभरमा जितको लागि १३ रन आवश्यक परेको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल स्यामसनलाई डट राखे । दोस्रो बलमा स्यामसनले एक रन बटुले । तेस्रो बलमा पनि अर्शदीपले एक रन दिए । चौथो बलमा स्यामसनले छक्का प्रहार गरे । तर पाँचौ बल डट राखेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम बलमा स्यामसनले ठूलो सट प्रहार गरेपनि दीपक हुडाबाट क्याच आउट भएपछि पन्जाब विजयी भएको थियो ।

पन्जाबका मोहम्मद शामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । राइली मेरिडिथ र झेय रिचर्डसनको नाममा १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *