रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

 ग्लोबल टिभि      बिहिबार, बैशाख २, २०७८      0

एजेन्सी । इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा ३–१ को नतिजासहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगमा निकालेको ३–१ गोलको जित नै रियलका लागि सेमिफाइनल पुग्ने आधार बन्यो ।

एनफिल्डमा भएको दोस्रो लेगमा बल पोसेसनमा पकड जमाए पनि लिभरपुलले दोस्रो लेगमा गोल गर्न सकेन । जसको कारण लिभरपुल प्रतियोगिताबाट बाहिरियो ।

अब हुने सेमिफाइनल खेलमा रियलले अर्को इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *