नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालको शानदार जित

 ग्लोबल टिभि           0

काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेटमा नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले शानदान जित निकालेको छ । टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्यो । नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११औं ओभरमा शतकीय साझेदारी गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ओपनिङ गरेका कुशल र आसिफले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी को कीर्तिमान बनाएका छन् । यी दुईले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध बनाएको १०८ रनको साझेदारीको कीर्तिमान तोडेका हुन् ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको लक्ष्य दिएको थियो । नेपाल विरुद्धको खेलमा नेदरल्याण्ड्सको ब्याटिङलाइन पनि कमजोर नै देखियो । दोस्रो ओभरको छैटौं बलमा सन्दीप लामिछाने म्याक्स ओ डोडलाई एलबीडब्लू धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आए बेन कुपरलाई खाता खोल्न नदिई सोमपाल कामीले आउट गरे ।

तर १२ रन जोड्दा २ विकेट गुमाएको डच टोलीको पारी स्कट एडवार्ड्स र बास डे लिडले सम्हाले र, दुवैले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौ बलमा डेब्युटान्ट शाहब आलमले एडवार्ड्सको विकेट लिए ।

१७औं ओभरको अन्तिम बलमा सन्दीपले बास डे लिडलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराए । शाह आलमले नेदरल्याण्ड्सका सक्ट एडवार्ड्सलाई आरिफ शेखको हातबाट क्याचआउट गराए । उनको यो डेब्यु विकेट समेत हो । एडवार्ड्सले ३१ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन बनाए ।

त्यसपछि कप्तान पिटर सिला र अन्टोनिओस स्टलले पाँचौ विकेटका लागि अविजित ३७ रनको साझेदारी गरे । सिलार २२ र स्टल २० रनमा अविजित रहे ।

बलिङमा नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चेर १ विकेट तथा स्पिनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा २२ र अविनाश बोहराले ४ ओभरमा २५ रन खर्चिएर विकेट लिन सकेनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *