त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट–नेपाल मलेसिया प्रतिष्पर्धामा

 ग्लोबल टिभि           0

काठमाडौमा जारी त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा आज नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा आइतबार नेदरल्याण्ड्ससंग १५ रनले पराजित भएको थियो ।

नेपाल र मलेसिया क्रिकेटमा चिरपरिचित प्रतिस्पर्धी हुन् । गत वर्ष थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र मलेसिया पछिल्लो पटक प्रतिष्पर्धामा थिए । उक्त प्रतिष्पर्धामा नेपाल २२ रनले पराजित भएको थियो । यस पटक नेपाललाई घरेलु मैदानमा त्यो हारको बदला लिने अवसर प्राप्त भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *