कुशलले बनाए अन्तर्राष्ट्रिय कीर्तिमान

 ग्लोबल टिभि      मङ्लबार, बैशाख ७, २०७८      0

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्डविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले अर्धशतक बनाएका हुन् ।

कुशलले ४१ बलमा अर्धशतक बनाएका हुन् । उनले ६ चौका र १ चौका बनाए ।

यससँगै कुशलले डेब्यु खेलपछि लगातार तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।

कुशलले नेदरल्याण्डविरुद्धको पहिलो खेलमा ६२ रन बनाएका थिए । उनले मलेसियाविरुद्ध अविजित रहँदै ६१ रनको इनिङ्स खेलेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *