ग्लोबल टिभि
0
त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र मलेसिया प्रतिस्पर्धामा उत्रिदै छन् । यसअघिको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याड्स शीर्ष दुईमा रहँदै फाइनल पुगिसकेकाले आजको खेलको नतिजाले खासै फरक पादैन ।
तर मलेसियालाई पराजित गरी फाइनलमा आफ्नो बलियो उपस्थिति देखाउने पक्षमा नेपाल छ । तीन खेल खेलेको नेपालको ४ अंक छ । उता ४ वटै खेल खेलिसकेको नेदरल्याड्स भने ५ अंकसहित शीर्ष स्थानमा छ । हिजो भएको खेल टाई भएपछि नेदरल्याण्ड्सले समान बाँडेका थिए । मलेसियाले ३ खेलबाट १ अंक मात्र जोडेको छ ।
Post Views: 1,244
Leave a Reply