त्रिकोणात्मक टी २० सिरिजको जारी खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा रण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी २० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।
करणले ४५ रन जोड्ने क्रममा ७ छक्का प्रहार गरे । ओपनर आसिफ शेखले ३२ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ४२ रन बनाए ।
कप्तान ज्ञानेन्द्र मल्लले २५ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा ४१ रन जोडे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।
ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए । कुशल मल्लले अविजित १९ रन जोडे । मल्लले १० बल खेल्दै २ छक्का प्रहार गरे । नेपालले अन्तिम ४ ओभरमा ६७ रन जोडेको थियो ।
Leave a Reply