नेपाल–नेदरल्याण्ड्सबीचको खेल सुरु, टस जितेर नेदरल्याण्ड्स बलिङमा

 ग्लोबल टिभि      शनिबार, बैशाख ११, २०७८      0

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्सबीचको खेल सुरु भएको छ । नेदरल्याड्सले टस जितेर बलिङ रोजेको छ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपालले नेदरल्याण्ड्ससंग हालसम्म १० टी–ट्वान्टी खेल खेलेको छ । जसमा ८ अन्तराष्ट्रिय टी–ट्वान्टीमा नेपालले ३ वटामा जित निकालेको छ । नेदरल्याण्ड्ले भने ४ अन्तराष्ट्रिय टी–ट्वाण्टीमा जित निकालेको छ । एक खेल भने नतिजा बिहीन थियो ।
यस सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्याण्ड्संगको दोस्रो खेलमा भने नेपालले ३ विकेटको पराजय भोगेको थियो । नेपाल दोस्रो हारको बदला लिएर उपाधि आफ्नो पक्षमा पार्न चाहन्छ भने नेदरल्याण्ड्स विजयलाई निरन्तरता दिएर उपाधि कब्जा गर्न चाहन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *