एफसी चितवनको जर्सी सार्वजनिक

 ग्लोवल टि.भी.      शनिबार, बैशाख ११, २०७८      0

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टोली एफसी चितवनले जर्सी सार्वजनिक गरेको छ ।

एफसी चितवनले लिनिङ ब्राण्डले प्रायोजन गरेको जर्सी शनिबार डिजिटल माध्ययमबाट सर्वाजनिक गरेको हो । एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लिनिङका प्रबन्धक कृतराज महर्जनले डिजिटल माध्ययमबाट जर्सी सार्वजनिक गरेका हुन् ।

डिस होमको मुख्य प्रायोजक रहेको चितवनले नेपाल सुपर लिग (एनएसएल)मा लिनिङ ब्रान्डको जर्सी पहिरिएर प्रतिस्पर्धा गर्नेछ । चितवन यसअघि नै किट्स पार्टनरको रूपमा लिनिङ ब्राण्डसँग सम्झौता गरेको थियो ।

राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्यको प्रशिक्षणमा प्रतियोगिताको तयारी गरिरहेका छ ।

एफसी चितवनमा दुई इजिप्ट र एक सर्वियन खेलाडी रहेका छन् । जेठ १ सम्म सञ्चालन हुने प्रतियोगितामा एफसी चितवनले सोमवार ललितपुर सिटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगितामा सात टोलीले सहभागिता जनाउँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता राउण्ड रोविन लिग प्रणालिमा आयोजना हुँदैछ । प्रतियोगिताको विजेताले ३५ र उपविजेताले १५ लाख रुपैयाँ पाउँनेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *