त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपाललाई

टी- २० अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मकै कीर्तिमानी स्कोर

 ग्लोबल टिभि      शनिबार, बैशाख ११, २०७८      0

नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ ।

शनिवार त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जित निकालेको हो ।

प्रतिस्पर्धा नेपाल, मलेसिया र नेदरल्याण्डसबीच भएको थियो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनायो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो उच्च स्कोर हो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २०० रन कटाएको थियो । यस्तै १३औँ सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *