ग्लोबल टिभि
0
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ ।
सोमबार भएको खेलमा पन्जा किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकता अन्तिम स्थानबाट फड्को मार्दै पाँचौ स्थानमा उक्लेको छ ।
६ खेलबाट कोलकाताको ४ अंक छ । साथै कोलकाताले लगातार चार हारको शृंखला पनि अन्त्य गरेको छ । ६ खेलबाट समान अंक भएपनि रनरेटमा पछि पर्दै पन्जाब छैटौं स्थानमा झरेको छ ।
अहमेदावादमा भएको लो स्कोरिङ खेलमा पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकताले १६.४ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । १७ रन हुँदा ३ विकेट गुमाए पनि कप्तान आयोन मोर्गन र राहुल त्रिपाठीले ७६ रनको साझेदारी गर्दै कोलकाताको इनिङ्स सम्हालेका थिए ।
Post Views: 1,091
Leave a Reply