ग्लोबल टिभि
सोमवार, बैशाख २०, २०७८
0
काठमाडौँ । खेलाडीलाई कोरोना संक्रमण देखिएपछि इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सोमवारका खेल रद्द भएको छ ।
सोमवार लिगमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने तय थियो । कोलकाता नाइट राइडर्सका दुई खेलाडीलाई संक्रमण पुष्टि भएपछि खेल रोक्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१४ औँ संस्करणको आइपीएल क्रिकेटमा ३० औँ म्याच अन्तर्गत दुई टोलीबीचको खेल राति पौने ८ बजे हुने तय भएको थियो ।
Post Views: 1,194
Leave a Reply