इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल विजयी

 ग्लोबल टिभि      शनिबार, बैशाख २५, २०७८      0

एजेन्सी । जारी इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विरुद्धको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।

गएराति न्यूक्यासलको घरेलु मैदानमा भएको खेलमा लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गर्दै न्यूक्यालस युनाइटेड विजयी भएको हो ।

न्यूक्यासलका लागि क्यालम विल्सनले ६४ र ७३ औं मिनेटमा गरी दुई गोल गरे भने जो विलक २२ औं मिनेट तथा पल डुमेटले ३४ औं मिनेटमा एकरएक गोल गरे ।

लेस्टर सिटीका लागि ८० औं मिनेटमा मार्क अलब्राइटनले र ८७ औं मिनेटमा केलिची इहिनाचोले गोल गरे । जितपछि १३ स्थानको न्यूक्यासलको ३५ खेलबाट ३९ अङ्क भएको छ भने पराजित भएको लेस्टर सिटी ६३ अङ्कसहित तेस्रो स्थानमा छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *