स्पेनिस ला लिगामा रियल सेभिल्लाले अंक बाँढे , रियलले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

एजेन्सी । रियल मड्रिड र सेभिल्लाले जारी स्पेनिस ला लिगा फुटबलमा बराबरी खेल्दै अंक बाढेका छन् ।

सेभिल्लाविरुद्ध बराबरी खेलेको रियलले शीर्ष स्थानमा उक्लिने अवसर खेर फालेको छ । आइतबार राति भएको सेभिल्ला विरुद्धको खेलमा रियल मड्रिड २–२ को बराबरीमा रोकिएको हो ।

अवे मैदानमा भएको खेलमा सेभिल्लाले २२औँ मिनेटमा रिगेसको गोलबाट अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा अंक बाढ्नु पर्‍यो ।

६७औँ मिनेटमा गोल गर्दै मार्को एसेन्सिओले रियललाई बराबरीमा ल्याए । त्यसको ११ मिनेटपछि सेभिल्लाले फेरि अग्रता लियो । ७८औँ मिनेटमा रेकिटिकले पेनाल्टीमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।इन्जुरी समयको चौथो अर्थात ९४औँ मिनेटमा इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाए ।

बराबरीसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ३५ खेलबाट ७७ तथा दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाको समान ७५ अंक रहेको छ ।

चौथो स्थानको सेभिल्लाको ७१ अंक छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *