इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पुनरागमन जित

 ग्लोबल टिभि           0

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । शुक्रवार राति सम्पन्न भएको खेलमा न्यूक्यासल युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

सिटीले दुईपटक पछि परेको अवस्था उल्ट्याउँदै न्यूक्यासललाई पराजित गरेको हो । प्रिमियर लिग विजेता समेत रहेको म्यानचेस्टरको जितमा फेरान टोरेसले ह्याट्रिक गरे भने क्यानसेलोले एक गोलको योगदान गरे । घरेलु टोली न्यूक्यासलका लागि जोलिन्टन, विलक र एमिल क्राफ्थले एक एक गोल गरे ।

यो जितसंगै उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ भने न्यूक्यासल ३६ खेलबाट ३९ अकं सहित १६ औं स्थानमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *