ग्लोबल टिभि
0
युभेन्ट्सले ईटालियन कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति एटलान्टालाई पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो । भिडन्तमा युभेन्ट्सले एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्यो ।
खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।
खेल सकिन दुई मिनेट अघि टालोई रातो कार्ड खादै मैदान बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो । युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । प्रतियोगिता करिब साढे ४ हजार दर्शक समक्ष खेलाईएको थियो । ईटालीमा पहिलो पटक दर्शक सहित ठुलो फुटबल प्रतियोगिता खेलाईएको हो ।
Post Views: 1,296
Leave a Reply