इङ्गलिश प्रिमियर लिग फुटबलको जारी सिजन आइतबार सकिँदै

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १०, २०७८      0

इङ्गलिश प्रिमियर लिग फुटबलको जारी सिजन आइतबार सकिँदैछ । आइतबार राति पौने ९ बजे अन्तिम चरणका सबै १० खेल भएसँगै सिजन सकिने छ ।

म्यानचेष्टर सिटीले यसअघि नै तीन खेल बाँकी रहँदा उपाधि जितिसकेको छ । म्यानसिटीले आइतबार एभर्टनसँग प्रतिस्पर्धा गर्ने छ । अन्तिम चरणका खेलबाट च्याम्पियन्स लिग र युरोपा लिगमा छनोट हुने अर्थात् शीर्ष ६ मा रहने टिमको टुङ्गो लाग्नेछ ।

शीर्ष चार टिमले च्याम्पियन्स लिग खेल्न पाउने भएकामा अहिलेसम्म म्यानसिटी र दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडमात्र सुरक्षित रहँदा बाँकी दुई टिमको छिनोफानो आजै हुनेछ ।

चेल्सी, लिभरपुल र लेस्टर सिटीमध्ये दुई टिम च्याम्पियन्स लिगमा छनोट हुने छन् । चेल्सीले एस्टन भिल्लासँग, लिभरपुलले क्रिष्टल प्यालेससँग तथा लेस्टरले टोटनह्याम हट्सपरसँग खेल्ने छ । पाँचौं र छैटौं टिमले युरोपा लिग खेल्न पाउने छ । यो सिजन फुल्हम, वेस्टब्रोमविच आल्वियन र शेफिल्ड युनाइटेड रेलिगेशनमा परिसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *