ह्यारी केनले तेस्रो पटक जिते गेल्डेन बुट

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १०, २०७८      0

टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । २०२०/२१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४–२ ले पराजित गर्दा एक गोल गरेका केनले सर्वाधिक गोल गर्दै उक्त अवार्ड जितेका हुन् ।

उनले सिजनभर कूल २३ गोल गर्दै लिभरपुलका मोहम्मद सालाहलाई एक गोलले पछि पारे । सालाहले अन्तिम खेलमा गोल गर्न सकेनन् । केनले सर्वाधिक गोल गर्नुका साथै सर्वाधिक १४ असिस्ट समेत गरे । उनी सन् १९९३ देखि हुन थालेको आधुनिक प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल असिस्ट गर्ने पहिलो खेलाडी समेत बने ।

दोस्रो स्थानको प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । केनले यसअघि २०१५/१६ र २०१६/१७ को सिजनमा गोल्डेन बुट अवार्ड जितेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *