बराबरीमा रोकियो क्रोएसिया

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १९, २०७८      0

मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्मेनियासँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा खेलको २४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७२ औं मिनेटमा एन्गुलोले गोल गर्दै अर्मेनियालाई १–१ गोलको बराबरीमा फर्काए ।

युरोकप फुटबलको तयारीमा लागि क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेको हो ।

क्रोएसिया युरोकपको समूह ’डी’ मा रहेको छ ।

इंग्ल्यान्डसँगै जुन १३ मा खेल्दै क्रोएसियाले युरोकपको सुरुवात गर्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *