चाइनिज ताइपेईविरुद्ध नेपालको दोस्रो जित

 ग्लोवल टि.भी.      शुक्रबार, जेष्ठ २१, २०७८      0

बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको छ ।

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको हो । नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडीले ह्यान्ड गरेपछि नेपालले फ्रिकिक पाएको थियो । नेपालका लागि दोस्रो गोल नवयुगले गरे । वैकल्पिक खेलाडी नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए । नवयुग ६९ मिनेटमा सुनील बलको स्थानमा मैदान छिरेका थिए ।

समूह ’बी’ मा रहेको नेपालले दोस्रो जित हात पारेको हो । यसअघि नेपालले ताइपेईलाई नै २–० गोलले पराजित गरेको थियो । अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ । जितसँगै नेपालले समूहमा ६ खेलबाट ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको अस्ट्रेलियाको ४ खेलबाट १२ अंक छ।

दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनले समान १०–१० जोडेका छन् । जितसँगै नेपालको समूहमा चौथो भएर एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना बढेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *