मैत्रीपूर्ण खेलमा इटालीको फराकिलो जित

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ २२, २०७८      0

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इटालीले चेक रिपब्लिकमाथि ४–० गोलको फराकिलो जित हात पारेको हो ।

इटालीको जितमा सिरो इम्मोबाइल, निकोलो बरेला,लोरेन्जो इन्सिग्ने र डोमेनिको बेरार्डीले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा इम्मोबाइलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा निकोलोको गोलबाट इटालीले अग्रता २–० को बनायो ।

खेलको ६६ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ७३ औं मिनेटमा बेरार्डीले गोल गर्दा इटालीले ४–० गोलको फराकिलो जित निकालेको हो । यससँगै इटालीले चेक रिपब्लिकविरुद्ध कुनैपनि गोल नखाई लगातार आठौं जित निकालेको छ ।

युरोकप छनोटको तयारीका लागि इटाली र चेक रिपब्लिकले मैत्रीपूर्ण खेल खेलेको हो । युरोकपमा इटाली समूह ’ए’ र चेक रिपब्लिक समूह ’डी’ मा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *