ग्लोवल टि.भी.
आइतवार, जेष्ठ २३, २०७८
0
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले बराबरी खेलेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल बराबरीमा रोकिएको हो । युरोकप फुटबलको तयारीका लागि वेल्सले अल्बानियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
युरोकप जुन ११ बाट सुरु हुँदैछ । वेल्स समूह ’ए’ मा रहेको छ । यस समूहमा टर्की, इटाली र स्विजरल्याण्ड रहेको छ । अर्को मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई १–० ले हराएको छ ।
Post Views: 607
Leave a Reply