एसियन कप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित

 ग्लोवल टि.भी.      मङ्लबार, जेष्ठ २५, २०७८      0

फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

गएराति कुवेतको अल अहमद अन्र्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।जोर्डनलाई जिताउने क्रममा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे ।खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।खेलको ४९ औं मिनेटमा बाहा फाइजलले फ्रिकिक मार्फत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए ।यस्तै, खेलको ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३–० को जित दिलाएका हुन् ।

यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ ।छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३–० ले नै हराएको थियो ।जितसँगै समूह ’बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ ।नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने अझै कायम रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *