कोपा अमेरिकामा बोलिभियामाथि पाराग्वेको पुनरागमन जित

 ग्लोबल टिभि           0

कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा १० खेलाडीमा समेटिएको बोलिभियामाथि पाराग्वेले ३–१ गेलअन्तरको प्रभावशाली जितसहित विजयी सुरुआत गरेको छ ।

ब्राजिलमा जारी प्रतियोगिताको सम्पन्न खेलमा बोलिभियाले खेलको दशौं मिनेटमै इरभिन सावेद्राको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो ।
अग्रतासहित पाराग्वेलाई दवावमा राखेको बोलिभिया पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा समेटियो ।

उसका स्ट्राइकर जुमी मेन्डोजा १० मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाँदै मैदान बाहिरिनुपरेपछि बोलिभियाको कठिन समय सुरुभयो ।

६२औं मिनेटमा अलेजान्द्रो रोमेरोले बराबरी गोल गरेको तीन मिनेटपछि एंगेल रोमेरोले पाराग्वेलाई अग्रता दिलाए । ८० औं मिनेटमा एंगेलले नै व्यक्तिगत दोस्रो गोल गर्दा पाराग्वे सहज जितसहित समूह ए को शीर्ष स्थानमा पुग्यो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *