एन्फा तीन उपाध्यक्षबाट यू १३ छनोट विवादमा छलफल गर्न माग

 ग्लोबल टिभि           0

अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षले यू–१३ छनोट विवादमा छलफल गर्न माग गरेका छन् ।एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्धय बीर बहादुर खड्का र कृष्ण थापाले युथ एकेडेमीका लागि खेलाडी छनोटको विषयमा बाहिरिएको विवादको विषयमा छलफल गर्न बैठकको माग गरेका हुन् ।

एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले एन्फालाई पत्र पठाएको केही दिन बितिसक्दा समेत कुनै जानकारी नआएको बताएका छन् । उनले विवादीत बनेको यू–१३ छनोटको विषय कुनै एक व्यक्तिको मात्र नभई समग्र नेपाली फुटबलको रहेको बताएका छन् । छनोट विवादले सिंगो फुटबल संघको बदनाम हुन सक्ने उनको भनाई छ ।

उता एन्फाका महासचिव इन्द्रमान तुलाधरले उपाध्यक्षको मागको विषयमा बैठकका लागि अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल भइरहेको जानकारी दिएका छन् ।यसअघि एन्फाले गरेको यू–१३ खेलाडी छनोटमा संयोजकको हस्ताक्षरबिना खेलाडीको सुचि तयार पारिएको भन्दै विवादित बनेको थियो । छनोट समितिका संयोजक कृष्ण थापाले आफ्नो जानकारी विनै एन्फाले मनमानी तवरमा यू–१३ खेलाडीको सुचि तयार पार्दै सार्वजनिक गरेको आरोप लगाएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *