वुमन्स डे कपमा नेपालले हङकङसँग खेल्दै

 ग्लोबल टिभि           0

फागुन २६ – युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज तेस्रो दिनका खेलहरू हुँदैछन् ।

आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नामिबियाबीच खेल हुँदैछ । दोस्रो खेलमा नेपालले हङकङसँग खेल्ने छ । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने आइतबार दोस्रो खेलमा युगाण्डालाई एक विकेटले हराएको थियो ।

हङकङ पहिलो खेलमा युगाण्डासँग पराजित हुँदा आइतबार नामिबियालाई हराएको थियो । हालसम्म सबै टोली २ खेलबाट २- २ अंकमा छन् । नेपालले यसपछि फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ । यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

आईसीसीको महिला टी(२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *