पीएम कप क्रिकेटमा आज पनि तीन खेल हुँदै

 ग्लोबल टिभि           0

फागुन २६ – आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू हुँदैछन् ।

सिदार्थ रंगशालामा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा देउखुरीमा गण्डकी र सुदूरपश्चिम प्रदेश खेल्ने छन् । सबै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन् ।

यसअघि आइतबार पहिलो दिनको खेलमा लुम्बिनी प्रदेशले कोशीलाई, कर्णालीले सुदूरपश्चिमलाई तथा एपीएफ क्लबले बागमती प्रदेशलाई हराएका थिए ।

गत संस्करणको पीएम कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *