पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

 ग्लोबल टिभि           0

फागुन २७ – लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।

सिदार्थ रंगशालामा मधेश प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ । देउखुरीमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । दुवै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन् । एक्स्ट्राटेक ओभल मैदानमा भने आज खेल छैन ।

सोमबार भएका खेलहरूमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई, त्रिभुवन आर्मीले बागमती प्रदेशलाई तथा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएका थिए ।

गत संस्करणको पीएम कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *