असार १६ – भक्तपुर जिल्लामा रहेको नेपाल गोजुरियो कराँते डो संघको आयोजना र बागमती प्रदेश गोजुरियो कराँते डो संघको संयोजनमा शनिबार एक भब्य कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ ।
भर्खरै सम्पन्न नवौ एसियाली गोजुरियो कराँते च्याम्पियनसिप श्रीलंका २०२५ का तीन जना पदक विजेता होनहार खेलाडीहरुलाई उक्त सम्मान गरिएको हो । सम्मानित हुने राष्ट्रिय गौरवका ती युवा खेलाडीहरुमा करिना पुरी, यनोज महर्जन र मनिषा रानाभाट छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि चौरीदेउराली गाउँपालिका वडा नं.७, काभ्रेका अध्यक्ष चन्द्रराज तामाङ थिए भने बिशेष अतिथिहरुमा नेपाल गोजुरियो कराँते डो संघका केन्द्रीय प्रमुख प्रशिक्षक बलराम मित्र, केन्द्रीय सचिव सानु बाबु गिरी, गोजुरियो कराँते डो संघ मकवानपुर जिल्ला अध्यक्ष मानसिंह दोङ, भक्तपुर कराँते महासंघका सचिव सुर्य घिसिङ, भक्तपुर सितोरियो कराँते संघका सचिव, बागमती प्रदेश कराँते रेफ्री तथा सह-संयोजक राम शरण त्वती, भक्तपुर किक बक्सिङ प्रशिक्षक बिल बहादुर तामाङ, तामाङ चलचित्र निर्देशक बिनय दोङ तामाङ, चर्चित युवा उत्प्रेरक ब्यक्तित्व तथा पत्रकार विकासदेव योन्जन, लायन्स इन्टरनेशनल रिजनका चियरपर्सन धनबहादुर तामाङ, खेलाडी भाइ बहिनीहरु, अभिभावक, कलाकार, पत्रकार लगायतका महानुभावहरुको बाक्लो उपस्थिति थियो ।
प्रमुख अतिथि लगायत उपस्थित अतिथि गणहरुले सम्मानित खेलाडीहरुलाई बधाई तथा शुभकामना प्रकट गरेका थिए ।
यसमा सभाध्यक्ष अर्थात् सभापतित्व आयोजक संस्थाका प्रमुख प्रशिक्षक तथा चर्चित अन्तरास्ट्रिय युवा खेलाडी कमल वाईबा तामाङले गरेका थिए । उनले नेपाली खेलाडी र खेल जगत अन्तर्राष्ट्रिय पहिचान र देशको गहना समेत भएकोले यसतर्फ बिशेष ध्यान पुर्याउन राज्यका नेतृत्व बर्गलाई सुझाएका थिए ।
Leave a Reply