आज राति इटली र अष्ट्रिया भिड्दै, नयाँ इतिहास रच्ने इटलीको योजना

 ग्लोबल टिभि      शनिबार, असार १२, २०७८      0

युरोकप २०२० मा आजदेखि नकआउट चरणका खेल हुँदैछन् । अन्तिम १६ को दोस्रो खेलमा शनिबार राति इटली र अष्ट्रियाबीच भिडन्त हुँदै छ । खेल लण्डनस्थित वेम्बली मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

इटली समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । समूह चरणमा तीन खेल जित्ने तीन टिममध्ये एक रहेको इटली गोल नखाने एक्लो टिम हो ।

उता पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया भने समूह सी को उपविजेता बनेको थियो । इटलीले समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३ –० ले र वेल्सलाई १–० ले पराजित गरेको थियो ।

उता पहिलो खेलमा नर्थ मेसेडोनियालाई ३–१ ले पराजित गरेको अष्ट्रिया दोस्रो खेलमा नेदरल्याण्ड्ससंग २–० ले पराजित भएको थियो । तेस्रो खेलमा युक्रेनलाई १–० ले पराजित गरेपछि अष्ट्रिया समूह उपविजेता बन्दै पहिलो पटक अन्तिम १६ मा पुगेको हो ।

समहू चरणमा उत्कृष्ट प्रदर्शन गरेको इटलीले अष्ट्रियाविरुद्ध खेल्दा एउटा कीर्तिमानमा समेत नजर लगाउनेछ । इटली अहिले ३० खेलमा अपराजित छ । वेल्सलाई हराएपछि इटलीले सन् १९३५ देखि १९३९ सम्मको ३० खेलमा अपराजित रहेको आफ्नै कीर्तिमानसँग बराबरी गरेको थियो । अष्ट्रियाविरुद्ध जित हात पारे इटलीले आफ्नै कीर्तिमान भत्काउने छ ।

अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेलमा अपराजित रहने कीर्तिमान ब्राजिल र स्पेनको नाममा छ । दुवै टिम लगातार ३५ खेलमा अपराजित रहेका थिए ।

इटली र अष्ट्रिया युरोकपमा पहिलो पटक खेल्न लागेका हुन् । यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएका छन् जसमा इटलीले १६ खेल जितेको छ भने अष्ट्रियाले १२ खेल जितेको छ । ८ खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक २००८ मा भएको खेल २९२ को बराबरीमा सकिएको थियो ।

इटली र अष्ट्रियाबीचको खेलको विजेताले क्वार्टरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको खेलको विजेतासंग खेल्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *