तेस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाको रोमान्चक जित

 ग्लोबल टिभि      बुधबार, असार १६, २०७८      0

घरेलु टिम वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले रोमान्चक जित निकालेको छ ।मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।वेस्ट इन्डिजका लागि निकोलस पुरण र इभिन लेविसले समान २७÷२७ रन बनाए । आन्द्रे रसेलले २५ रन जोड्दा लेन्डल सिमोन्सले २२ रन बनाए ।

सिमोन हिटमायर १७ रनमा आउट हुँदा जासन होल्डर १६ रनमा पेभेलियन फर्किए । फाबियन एलनले अविजित १४ रन जोडे । दक्षिण अफ्रीकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले २÷२ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

यस जितसँगै दक्षिण अफ्रीकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ ।पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको थियो ।दोस्रो खेलमा दक्षिण अफ्रीका १६ रनले विजयी भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *