राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछि परेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको बताएको हो।एन्फाले खेलाडीको प्रशिक्षण अर्को साता मंगलबारबाट सुरु हुने बताएको छ ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता साफका लागि एन्फाले ५० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले राष्ट्रिय टिम र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा खेलाडीको गरेको प्रर्दशनको आधारमा खेलाडीको सुचि तयार पारेका थिए ।
उनले मोफसलका केही खेलमा समेत खेलाडीको प्रर्दशन नियालेका थिए ।सोही अनुसार उनले साफका लागि भन्दै ५० खेलाडीलाई राष्ट्रिय टिममा बोलाएका थिए । प्रशिक्षण जुलाई १ अर्थात आजबाट सुरु हुने भनिएको थियो । प्राविधिक कारण देखाउँदै एन्फाले प्रशिक्षणलाई एक साता पछि सारेको छ ।
नेपालले अब आसन्न साफ च्याम्पियनसिपको तयारी गर्नेछ । प्रतियोगिता यसै वर्ष बंगलादेशमा हुँदैछ । नेपालले भर्खरै विश्वकप छनोटका खेलहरु सम्पन्न गरेको छ ।विश्वकप छनोटमा गरेको प्रर्दशनका आधारमा नेपालले एसिया कपको छनोट समेत सिधै खेल्न पाउने भएको छ ।
Leave a Reply