युरोकप २०२० अन्तर्गत आज दुई खेल हुँदै

 ग्लोबल टिभि      शुक्रबार, असार १८, २०७८      0

युरोकप २०२० अन्तर्गत आज  दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल स्वीट्जरल्यान्ड र स्पेनबीच हुँदैछ भने दोस्रो खेल इटाली र बेल्जियमबीच हुँदैछ ।

यूरोकपका सबै खेल उत्तिकै रोचक हुन्छन् । यद्यपि इटाली र बेल्जियमबीचको खेललाई आम दर्शकले विशेष रुचिका रुपमा हेरेका छन् ।स्विजरल्यान्ड र स्पेनबीचको पहिलो क्वाटरफाइलन खेल हुँदै छ । युरोपियन च्याम्पियनसिपमा स्विजरल्यान्ड र स्पेन पहिलोपटक आमनेसामने भएका हुन् । यस अघि स्विजरल्यान्ड र स्पेनबीच १९६६, १९९४ र २०१० को विश्वकपमा भेट भएको थियो । जसमा अघिल्ला दुई भेटमा स्पेनले जित दर्ता गरेको थियो भने स्विजरल्यान्डले जितेको इतिहास छ ।

स्पेनले स्विजरल्यान्डसँग यसअघि २२ पटक भेट गरेको छ । जसमा १६ खेलमा जित र ५ खेलमा बराबरी खेलेको थियो । दक्षिण अफ्रिकामा भएको विश्वकपका एउटा खेलमा भने ऊ हारेको रेकर्ड छ । जुन रेकर्डका आधारमा पनि स्विजरल्यान्डविरुद्ध स्पेनको जित हुने विश्वास गरिएको छ । यो ठूलो प्रतियोगितामा स्विजरल्यान्डको चौथो उपस्थिति हो । जसमा युरोकप र वल्र्डकप रहेका छन् । युरोकपमा भने यो पहिलो क्वाटरफाइनल यात्रा हो । क्वाटरफाइलनका यस अघिका तीनवटै खेलमा हारेको छ ।

यस्तै बेल्जियम र इटाली जारी युरोकपको क्वाटरफाइलनमा नेपाली समयअनुसार मध्यरातमा भिड्दै छन् । बेल्जियम र इटालीबीच मेजर टुर्नामेन्टमो यो पाँचौं भेट हो । यसअघिको चार भेट समूह चरणमा भएको थियो । १९५४ को विश्वकप १९८०को युरोपियन च्याम्पियनसिप र २००० का र २०१६ को युरोपियन च्याम्पियनसिपमा यी दुई टिमको भेट भएको थियो । इटालीले तीन खेलमा जित र एकमा बराबरी खेलेको थियो । बेल्जियमविरुद्ध उसले हार स्विकारेको छैन । त्यसैले क्वाटरफाइनलको खेल रोमाञ्चक हुने स्पष्ट छ ।

इटाली लगातार चौथोपटक युरोपियन च्याम्प्यिनसिको क्वाटरफाइलनमा प्रवेश गरेको हो । अघिल्लो तीन क्वाटरफाइनलको खेलमा पेनाल्टी सुट आउटबाट निर्णय लिइएको थियो । जसमा सन् २००८ मा स्पेनले उसलाई पेनाल्टीमा हराएको थियो । २०१६ मा जर्मनीले इटालीलाई पेनाल्टीमा हराएको थियो भने २०१२ मा इल्यान्ड हावी हुन पुगेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *