ग्लोबल टिभि
मङ्लबार, असार २२, २०७८
0
युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् ।
नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।
इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
Post Views: 984
Leave a Reply