ग्लोबल टिभि
0
साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । गएराति लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् । जोकोभिचले सापोभालोभलाई तीन शून्यको सोझो सेट ७–६, ७–५ र ७–५ को सेटमा हराएका हुन् ।
जोकोभिचले अब उपाधिका लागि इटलीका माटियो बेरेटिनीसँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।
Post Views: 1,637
Leave a Reply